समाचार

नयाँ रेडर्कबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ९५ हजार...

आज प्रतिनिधिसभा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने भएको छ। आयोगका अनुसार साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो। मनोनयन दर्तापछि बुधबार उम्मेदवारविरुद्ध दाबी-विरोध (उजुरी) दिने म्याद तोकिएको...

होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये...

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारदेखि सुरु भई चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ। यसअघि एसईई परीक्षा चैतको पहिलो सातामै हुँदै आएको भए पनि आगामी निर्वाचनका लागि आवश्यक मतपत्र र...

माधव नेपालको उम्मेदवारी खारेजी माग्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले बुधबार रौतहट मुख्य निर्वाचन...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि नेतृत्व रिक्त बनेको बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो। हाल स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा कार्यरत डा. पौडेललाई...

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार

काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेर २८ खर्ब छ अर्ब ३९ करोड रुपैयाँ...

राप्रपाबाट झविन्द्र फुल्लेलको अर्घाखाँचीमा उम्मेदवारी दर्ता

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको तर्फबाट झविन्द्र फुल्लेलले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी कार्यालयमा भेला भएका नेता-कार्यकर्ता र समर्थकहरूसँगै र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर फुल्लेलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। गणतन्त्र खारेजी, हिन्दु राष्ट्र पुनर्स्थापना र संवैधानिक राजतन्त्र स्थापनाको एजेन्डा...

युएनआरडब्लुएको शेख जर्राह परिसर भत्काइएकोमा राष्ट्रसंघको आपत्ति

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले इजरायली अधिकारीहरूद्वारा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत तथा कार्य निकाय (युएनआरडब्लुए ) को शेख जर्राह परिसर भत्काइएको कार्यको कडा शब्दमा भर्त्सना गरेका छन्। शेख जर्राह परिसर संयुक्त राष्ट्रसंघको परिसर भएको र यो कुनै पनि हस्तक्षपबाट सुरक्षित र उन्मुक्त रहेको महासचिव गुटेरेसका उपप्रवक्ता...

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले तत्काल कुनै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयनमा रहने भएको छ, जसले गगन थापा नेतृत्वको कांग्रेस पक्षलाई अगाडि बढ्न सहज बनाएको छ । पूर्व सभापति शेरबहादुर देउवा र का.वा. सभापति पूर्णबहादुर...