पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई अस्पताल ल्याइएको हो।
चिकित्सकका अनुसार शाहको मुटुसम्बन्धी उपचार अन्तर्गत पेसमेकर (मुटुको धड्कन नियन्त्रण गर्ने उपकरण) परिवर्तन गरिएको छ। नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
शाह यसअघि पनि पटक–पटक हृदयाघात (हर्टअट्याक) को समस्या भोगिसकेका छन्। सोही कारण उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ।
