समाचार

राना र बर्तौला मकवानपुरमा एमालेका तर्फबाट उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा नेकपा एमालेले क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलालाई उम्मेदवार बनाएको छ । राना र बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । यस अघि प्रतिनिधिसभा सदस्य रहेका बर्तौलालाई एमालेले पुनः उम्मेदवार बनाएको हो भने मकवानपुर इन्चार्ज रहेका रानालाई...

मकवानपुरमा कांग्रेसको तर्फबाट उपाध्याय र लामा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। यस अघि पनि उम्मेदवार रहेकी डिना पराजीत भएकी थिइन् । त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर–२ बाट...

नेकपाका तर्फबाट मकवानपुरमा गौतम र विष्टको उम्मेदवारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट मकवानपुरको प्रतिनिधिसभाका दुबै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । क्षेत्र नम्बर १ मा बिजय गौतम र २ मा लवशेर बिष्टको उम्मेदवारी दर्ता भएको हो । गौतम बिष्ट दुबैले पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विद्यार्थी राजनीतिबाट आएका गौतम र थाहा नगरपालिकाका...

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटी आदेश

काठमाडौं । सहकारी ठगी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको...

निर्वाचन सुनिश्चिततासँगै सेयर बजारमा उत्साह, नेप्से ४२ अंकले उकालो

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेखनीय हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.२६ अंकले बढ्दै २७१४.८१ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा कुल ३३९ कम्पनीका २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४...

बालेन शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गरे, ओलीसँग प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) ले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बिहान दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले उम्मेदवारी दर्ता...

महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बुझिएको छ। स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने...

दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ७०...

देउवाको ३४ वर्षे संसदीय यात्रामा पूर्णविराम, डडेल्धुरामा महर उम्मेदवार

काठमाडौं ।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन । सोमबार उनको सचिवालयले देउवा चुनावी प्रतिस्पर्धामा नरहने आधिकारिक जानकारी दिएसँगै २०४८ सालदेखि निरन्तर संसदमा रहँदै आएका उनको ३४ वर्ष लामो अपराजित संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको...

चुनावी मैदानमा उत्रने संकेत: शिक्षामन्त्री महावीर पुनको राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि उनले मंगलबार बिहान राजीनामा दिएका हुन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनको राजीनामाबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।” प्रधानमन्त्रीको सचिवालयले...