समाचार
कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा हिउँदको पहिलो हिमपात
काठमाडौँ । कर्णाली प्रदेशसहित सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाहरूमा यस हिउँदको पहिलो पटक हिमपात भएको छ। शुक्रबार रातिदेखि मौसम बदली भएसँगै डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट र बझाङलगायत जिल्लामा वर्षा र हिमपात सुरु भएको हो। हिमपातका कारण डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे बनेको छ। तल्लो...
महासचिव गुटेरेसद्वारा विश्वव्यापी संकट समाधानका लागि इकोसकको भूमिकामा जोड
संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा बढ्दै गएको द्वन्द्व, असमानता र जलवायु संकटको समाधानका लागि आर्थिक तथा सामाजिक परिषद् इकोसकको भूमिका अपरिहार्य रहेको बताएका छन् । परिषद्को स्थापनाको ८० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कस्थित मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विश्व एक...
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि उनले भोलिपल्टै सर्वोच्चमा रिट दर्ता गराएका हुन्। आगामी...
रास्वपाकी धादिङ-१ उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिइन्
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो। सोही अवधिमा तामाङले निर्वाचन अधिकृत एकराज अधिकारीलाई...
सुनको मूल्य ऐतिहासिक उचाईमा, तोलामा ३ लाख नाघ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आजएकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ पुगेको हो । आज चाँदीको...
सानोठिमी बाल सुधार गृहमा झडप
काठमाडौं । भक्तपुरको मध्यपुरठिमी–२ सानोठिमीस्थित बाल सुधार गृहमा गएराति झडप र आगजनी भएको छ। सुधार गृहमा राखिएका दुई समूहबीच उत्पन्न तनावले झडप र आगजनीको रूप लिएको हो। प्रहरीले मात्रै झडप नियन्त्रणमा लिन सकस परेपछि त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल लगायत बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपकै बीच मध्यरात...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
काठमाडौं । आज देशभर श्रद्धा र भक्तिका साथ श्रीमञ्चमी पर्व मनाइँदैछ। ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वतीको विशेष पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ। आजको दिनलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ। आज विद्यालय, पुस्तकालय, मठमन्दिर तथा घरघरमा सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। विशेष गरी विद्यार्थीहरूले...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.३२ रुपैयाँ र बिक्रीदर १४६.९२ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९९.५३ रुपैयाँ र बिक्रीदर ९९.९४ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०५.८४ रुपैयाँ र बिक्रीदर १०६.२८ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२२ रुपैयाँ र...
नेपालमा सुशासनको अवस्थाबारे आईएमएफले अध्ययन गर्ने
वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा सुशासनको अवस्था र भ्रष्टाचारका जोखिमहरू पहिचान गर्न ुसुशासन र भ्रष्टाचार नियन्त्रण’ सम्बन्धी प्रक्रिया सुरु गरेको छ। नेपाली अधिकारीहरूको विशेष अनुरोधमा जोनाथन पाम्पोलिनाको नेतृत्वमा गएको आईएमएफको प्राविधिक सहायता टोलीले जनवरी १२ देखि २१ सम्म काठमाडौँमा बसेर आफ्नो प्रारम्भिक मिसन सम्पन्न गरेको...
पुँजी बजारमा सकारात्मक माहोलः कारोबार फर्किदै रौनक
काठमाडौँ । शेयर बजारमा बुधबार देखिएको गिरावटपछि आज बजारमा केहि सुधार देखिएको छ । नेप्से परिसूचकले सामान्य उकालो लाग्दै पुनः सकारात्मक संकेत देखाएको छ भने कुल कारोबार रकममा पनि वृद्धि भएको छ । राजनीतिक अन्यौल घट्दै निर्वाचन मिति तय भएपछि लगानीकर्तामा पुनः विश्वास फर्किएको कारण बजारमा सुधार देखिएको विश्लेषकहरूले...










