समाचार

हेटौंडा १४ लाई बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ लाई बालमैत्री वडा घोषणा गरिँदैछ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा १४ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ २५ गते गते शुक्रबार १४ नम्वर वडालाई...

एकीकृत समाजवादीले ३३ विभाग प्रमुख र उपप्रमुख तोक्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकिएको छ । पार्टीले ३३ विभाग प्रमुख र उपप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्वय डा.बेदुराम भुसाल र डा.विजय पौडेल तोकिएका छन् ।...

नारायणी विकास बैंकको शेयर बिक्रीमा

काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । बैंकका अनुसार, तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा...

बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारद्वारा विभिन्न समयमा ल्याएको चार वटा संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा...

‘सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले...

सीआईबीको फेक इमेल बनाएर ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय...

महिला टी–२० आई शृंखलाः उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौं । संघीय राजधानी काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० आई शृंखलाको उपाधि होडबाट नेपाल बाहिरिएको छ । मंगलबार भएको नेपाल र थाइल्याण्डबीचको खेलमा थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो । नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेलेको थियो । त्रिवि क्रिकेट मैदान...

बागमती प्रदेशमा एचपीभी खोप अभियान शुभारम्भ

मकवानपुर । बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान शुभारम्भ भएको छ । प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित ज्ञानदा माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् । सो क्रममा...

मन्त्री महर्जनद्वारा गौरीटार रंगशालाको निरीक्षण, फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ स्थित गौरिटार रंगशालामा निर्माणाधिन खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई...