समाचार
मनहरीमा फागुन २ गते ल्होछार कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा २ फागुन २०८१ मा कार्यक्रम आयोजना गरिने जनाएको छ । सो अवसरमा...
लुम्बिनी प्रदेशले स्थापना दिवस मनाउँदै
काठमाडौँ । लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदैछ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि लुम्बिनीले आफ्नो स्थापना दिवस मनाउन लागेको स्थापना दिवस मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिइन् । उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१...
आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शनिबार साँझ ७ बजेको समयमा १४ किलो ९१० ग्राम लागूऔषध गाँजासहित त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका...
प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहाल
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएका छन् । प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा पुरुषतर्फ शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन भएका छन् भने सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल ,...
मकवानपुरबाट ६ महिनामा १३ गैर आवासीय नेपालीले लिए नागरिकता
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पछिल्लो ६ महिनाको अवधिमा १३ जना गैर आवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि पौष मसान्तसम्ममा ११ जना पुरुष र २ महिला गरी १३ जना गैर आवासीय नेपाली नागरिकले मकवानपुरबाट नागरिकता लिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यही माघ ३० गते बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको महासचिव घनश्याम भूसालले जानकारी दिए । महासचिव भूसालका अनुसार, उक्त बैठक आगामी फागुन ८ गते बस्ने तय गरिएको छ । यस्तै, एकीकृत समाजावदीको स्थायी कमिटी र...
महिला टी–२० आई श्रृंखलाः नेपालको लगातार तेस्रो हार
काठमाडौं । काठमाडौंमा जारी महिला टी–२० आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलितउत्त, महिला–२० आई श्रृंखलामा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सफल भयो...
आइतबार उच्च अंकले बढ्यो सेयर बजार
काठमाडौं । आज साता कारोबार पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार ६९ दशमलव ८० अंक (२ दशमलव ६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको जनाइएको छ । साथै आज कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द...
भीरबाट लडेर मकवानपुरमा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४, जैसिङतालस्थित सचत्री सडकखण्डमा रहेको करङभीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर ३, ठुलोदेवली बस्ने वर्ष ४२ को राज कपुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...










