समाचार
दुर्घटनामा परेर एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–९ बस्ने...
मंगलबार १४ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो तीन दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ भने परिसूचक २७१६ बिन्दुमा पुगेको छ । यस्तै, यसदिन ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार...
अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलाली जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका –११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ८ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–५ बस्ने २६ वर्षीय...
प्रेस चौतारी नेपाल मकवानपुरले मनायो स्थापना दिवस
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले २७ औं स्थापना दिवस मनाएको छ । मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस चौतारी मकवापुरले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख...
सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति सम्मानित
मकवानपुर । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मकवानपुरकै पहिलो व्यक्ति बिक्रम कार्कीलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा कार्कीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।...
खोखो विश्वकप प्रतियोगिताका रजत पदक विजेता खेलाडी बललाई सम्मान
मकवानपुर । खोखो विश्वकप प्रतियोगितामा रजत पदक विजेता खेलाडी राजन बललाई सम्मान गरिएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–२ द्वारा आयोजित खेलकुद कार्यक्रममा खेलाडी बललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी बललाई सम्मान पत्र हस्तान्तरण गर्दै आगामी खेल जीवन...
दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ फागुनमा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ हुने भएको छ । देशभरका युवा–युवती, किशोर–किशोरी एवम् हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय तहका बालबालिकाको सहभागितामा उक्त उत्सव हुने भएको हो । उत्सव नवसर्जक साहित्य चौतारी नेपाल, मकवानपुरको आयोजनामा हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालय...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भाजना रहेको जनाएको छ । ती दुबै प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।...
आजदेखि देशभर एचपीभी खोप अभियान सुरु
काठमाडौं । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु हुँदैछ । उक्त अभियान आगामी फागुन ६ गते अर्थात १५ दिनसम्म जारी रहने स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष...
बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच प्रदेश सभा संचालनका लागि मंगलबार बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज अपराह्न ३ बजे बस्ने गरी बोलाइएको हो । प्रदेश सभाको बैठक यही माघ २३ गते...










