प्रेस चौतारी नेपाल मकवानपुरले मनायो स्थापना दिवस

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले २७ औं स्थापना दिवस मनाएको छ । मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस चौतारी मकवापुरले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि रामेश्वर रानाले समाजलाई सम्वृद्धितर्फ धकेल्न प्रेस चौतारी मकवानपुरले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक परिवेश बदलिएसँगै नकारात्मक दिशातर्फ लम्किरहेको समाजलाई सही मार्ग निर्देशनमा लैजान चौतारीको कलम चल्नुपर्ने बताए ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एकालाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, स्वतन्त्र पत्रकार महासङ्गका केन्द्रीय महासचिव शुरेस श्रेष्ठ, प्रेस सेन्टर बागमती प्रदेश महासचिव तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, नेकपा एमाले मकवानपुर प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईं, स्वतन्त्र पत्रकार नेपाल मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, नेकपा एमाले मकवानपुरकी सहसचिव आरती पाठक लगायतको आतिथ्यता रहेको थियो ।