मंगलबार १४ अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो तीन दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ भने परिसूचक २७१६ बिन्दुमा पुगेको छ ।
यस्तै, यसदिन ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको जनाइएको छ ।
आज कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो छ भने १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ ।