दुर्घटनामा परेर एक जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठ रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त दुर्घटनामा परेर एक जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते हुने मोटरसाइकलमा सवार व्यक्त हुन् । उनको पहिचान खुलेको छैन । घाइते उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको जनाइएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।