समाचार
चितवनमा निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु
काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको छ । बस्ती छिरेर स्थानीयाई त्रसित गराउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जले विज्ञप्तिमार्फत् उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको दाबी...
बागमती प्रदेश सभा आज पनि जारी रहने, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि जारी रहने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो । सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले...
देशभरका २ लाख किशोरीलाई एचपीभी खोप लगाइयो
काठमाडौं । देशभरका २ लाखभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । सरकारले मंगलबारदेखि देशभर संचालन गरेको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म २ लाखभन्दा बढी किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । बाल स्वास्थ्य तथा...
‘अनलाइन मिडियालाई नियमन गर्न जरुरी छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकतातर्फ उन्मुख रहेको भन्दै त्यसलाई नियमन गर्न जरुरी रहेको बताएका हुन् ।...
राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौं । बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थिति हुनका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । बैठकमा अध्यादेशहरू निर्णयार्थ पेश गर्न लागिएकाले दलहरूले आ–आफ्ना दलका सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएको हो । राष्ट्रिय सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दुवैतिरका सांसदको उस्तै संख्या रहेको छ...
भेरी नदीमा खसेर दुई जना बेपत्ता
काठमाडौं । सुर्खेतको भेरी नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना आज दिउँसो नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नदीमा खसेर पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन...
दुर्घटनामा परेर एक जनाको मृत्यु
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
गाँजासहित तीन जना पक्राउ
बारा । प्रहरीले बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्रामसहित तीन जनालाई बुधबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता...
प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । महोत्सव हेटौंडा–१३ वडा कार्यालयको आयोजनामा हुन लागेको हो । महोत्सव मूल समारोह समितिले बुधबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । सम्मेलनमा महोत्सव समारोह समितिका संयोजक रन्जु गोम्बाले आगामी फागुन...
पाँच विधेयक पेश, सैद्धान्तिक पक्षमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको छ । बैठक प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको कार्यालयमा बसेको हो । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गर्न ल्याइएको विभिन्न प्रकारको चार वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयक पेश गरिएको थियो ।...









