भेरी नदीमा खसेर दुई जना बेपत्ता

तु खबर संवाददाता
२०८१ माघ २३,बुधबार १७:३१

काठमाडौं । सुर्खेतको भेरी नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना आज दिउँसो नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नदीमा खसेर पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर बेपत्ता भएका हुन् । उनीहरु झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।

सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको कार्य भइरहेको छ । सोही क्रममा उनीहरू नदीमा खसेर बेपत्ता भएको सुर्खेत प्रहरीले जनाएको छ ।

नेपाल सशस्त्र प्रहरी बल बाङ्गे सिमलबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जना र नेपाल प्रहरीको ११ जनाको टोली उद्धार कार्यमा खटिएको जनाइएको छ ।