समाचार

जनमुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री महर्जनको निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मन्त्रालय र मातहतका निकायहरुलाई आसपी समन्वय बढाउँदै जनमुखी र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका परिषद्हरुको आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमकोे समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एकजुट भएर काम गर्दा उत्कृष्ट नतिजा निकाल्न र समाजमा...

बागमती प्रदेश सभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको कार्यालयमा केहीबेर अघिबाट सुरु भएको हो । दिउँसो १ बजेका लागि आहवान गरिएको प्रदेश सभा बैठक झण्डै १ घण्टा ढिला गरी सुरु भएको हो । बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयको कार्यसूचीमा...

राष्ट्रिय सभा बैठक सकियो, भएन अध्यादेश पेश

काठमाडौं । राष्ट्रिय सभाको बैठक सकिएको छ । आजको बैठकमा दुई वटा विधेयकहरु पेश भएका छन् । जसमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा पेश भएको छ । उक्त विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सभामा पेश गरेका हुन् । यसैगरी, बैठकमा राष्ट्रिय विधि विज्ञान...

एकैदिन १६०० ले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५००...

अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले विभिन्न जिल्लाबाट १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, कपिलवस्तु, डाटी, झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ । रुपन्देही र धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर रूपन्देहीको मर्चवारी गाउँपालिका–३ मधुबनिया बस्ने ४६ वर्षीय विनोद यादवको बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट...

कांग्रेस र एमालेद्वारा अध्यादेशको पक्षमा उभिन ह्विप जारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप जारी गरेको छ । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन ह्विप लगाएको जानकारी दिइन् । उनका अुसार, कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसदमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न...

हेटौंडामा फोहोर संकलन कार्य स्थगित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा फोहोर संकलन कार्य स्थगित गरिएको छ । उपमहानगरपालिकाले आज (बिहीबार) एक सूचना जारी गरी उच्च अदालत पाटन, हेटौंडा इजलासको आदेश बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि फोहोर संकलन कार्य स्थगित गरिएको जानकारी गराएको हो । जारी सूचनामा भनिएको छ, ‘उच्च अदालत पाटन, हेटौंडा इजलासको...

हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

धनगढी । धनगढीको नोभा हस्पिटलको शैचालयमा एक जना मृत अवस्थामा भेटिएका छन् । गएराति कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना मृत अवस्थामा भेटिएका हुन् । मृतकको शव परीक्षणका लागि सेती...

आज संसद बैठक बस्ने, सबै अध्यादेश निर्णयार्थ पेश हुने

काठमाडौं । संसदको हिउँदे अधिवेशन बैठक आज बस्ने भएको छ । आज संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । जसनुसार, दिउँसो १ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे बस्न राष्ट्रिय सभा बैठक बस्नेछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा संसद नचलेको बेला सरकारले...