एकैदिन १६०० ले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०८१ माघ २४, बिहीबार १३:४८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि अघिल्लो कारोबार दिन भने सुन तोलामा एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको जनाइएको छ ।

भाउ बढेसँगै आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९७५ मा कारोबार भएको थियो ।