राष्ट्रिय सभा बैठक सकियो, भएन अध्यादेश पेश

काठमाडौं । राष्ट्रिय सभाको बैठक सकिएको छ । आजको बैठकमा दुई वटा विधेयकहरु पेश भएका छन् ।
जसमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा पेश भएको छ । उक्त विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सभामा पेश गरेका हुन् ।
यसैगरी, बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेश गरिएको छ । उक्त विधेयक शिक्षमन्त्री विद्या भट्टराईले पेश गरेकी हुन् ।
यस्तै केही सदस्यहरुले शुन्य समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा अध्यादेश पेश गर्ने भनिएपनि राष्ट्रिय सभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेश भएको बताइएको छ ।
राष्ट्रिय सभाको बैठक अब आगामी आइतबार अर्थात माघ २७ गते बस्नेछ । बैठक आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी आह्वान गरिएको हो ।