समाचार
ट्रक दुर्घटनामा परेर एकको मृत्यु
सुर्खेत । कालिकोटमा ट्रक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवाको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक देउवा ट्रकका साहु हुन् । नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी...
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन् । प्रधानमन्त्री ओलीले विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार, दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरूसँग संवाद गर्ने कार्यक्रम तय भएको छ...
मनहरीमा बारिष्टा र कम्प्युटर तालिम समापन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ मा नमुना सामुदायिक विकास समिति मकवानपुरको आयोजनामा भएको बारिष्टा र कम्प्युटर तालिम समापन गरिएको छ । मनहरी गाउँपालिका–६ वडा कार्यालय तथा सुनाचुरी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा १५ दिने बारिष्टा र १५ दिने कम्प्युट तालिम बुधबार समापन भएको हो ।...
निर्वाचन क्षेत्र सम्बन्धी योजना थप गर्नुपर्ने सांसदहरुको माग
मकवानपुर । बागमती प्रदेश सभाका सांसदहरुले निर्वाचन क्षेत्र सम्बन्धी योजनाहरु थप गर्नुपर्ने माग गरेका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल नै बाढीपीडित परिवारलाई पुर्नबसोवास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट...
बागमती प्रदेश सभामा प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश सभामा ‘प्रदेश लोक सेवा आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पेश गरिएको छ । बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले उक्त विधेयक पेश गरेका हुन् । मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईँको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका हुन् । यस्तै, सो बैठकमा उपसभामुख...
११.६४ अंकले घट्यो बिहीबार शेयर
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ११ दशमलव ६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावकाबीच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो । आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । यसदिन कुल १६०...
कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा आज बिहान ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अन्य चार जनाको भने वार्डमा उपचाररत भइरहेको छ । अस्पतालका अनुसार,...
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
हेटौंडा । बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार भाडादर निर्धारण गरिएको हो । यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
बुटवल । बुटवलको नेपालगन्ज रोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८...
‘जंगली जनावरको आक्रमणबाट जनता त्रसित, सम्बन्धित निकायले ध्यान दिनुपर्छ’
मकवानपुर । नेकपा एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले पछिल्लो समय जंगली जनावरको आक्रमणबाट जनता त्रसित भएको भन्दै त्यसको नियन्त्रणका लागि सम्बन्धी निकायले ध्यान दिनुपर्ने माग गरेका छन् । बिहीबार बसेको बागमती प्रदेश सभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै नेता थपलियाले पछिल्लो...









