बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

तु खबर संवाददाता
२०८१ माघ २४,बिहीबार १५:१४

हेटौंडा । बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार भाडादर निर्धारण गरिएको हो ।

यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको जनाएको छ ।

एक्बुलेन्स सेवामा ‘भूगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।