दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २४,बिहीबार १५:०३

बुटवल । बुटवलको नेपालगन्ज रोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक भण्डारीकमो मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।