११.६४ अंकले घट्यो बिहीबार शेयर

तु खबर संवाददाता
२०८१ माघ २४,बिहीबार १५:३८

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ११ दशमलव ६४ अंकले घटेको छ ।

२७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावकाबीच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो ।

आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । यसदिन कुल १६० कम्पनीको मूल्य घटेको छ भने ७४ कम्पनीको मूल्य बढ्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यस्तै, यसदिन समग्रमा ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।