समाचार
हेटौंडामा अनुपम घलान स्मृति फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा अनुप घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुँदैछ । नगर खेलकुद विकास समितिले आगामी फागुन ७ गतेदेखि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने भएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले...
हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा बालमैत्री घोषित भएको छ । शुक्रबार १४ नम्वर वडालाई बालमैत्री घोषणा गरेसँगै सबै वडा निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भएको हो । ती सबै वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री घोषणा र बालमैत्री घोषणा कार्यान्वयन...
सभामुखद्वारा विपिन जोशीको रिहाइका लागि पहल
काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार एक पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि पहिल गरिदिन आग्रह गरेका हुन् । सभामुख घिमिरेले लेखेको पत्रमा भनिएको छ, ‘नेपाल र...
प्रतिनिधि सभाको अर्को बैठक माघ २७ गते बस्ने
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक यही माघ २७ गते बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठक स्थगित गर्दै अर्को बैठक माघ २७ गते बस्ने जानकारी गराएका हुन् । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक...
नेपाल जेसीज वर्ष २०२५ को जनसम्पर्क अधिकारीमा पुडासैनी मनोनित
हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनी नेपाल जेसीजको जनसम्पर्क अधिकारी पदमा मनोनित भएका छन् । नेपाल जेसीज वर्ष २०२५ की अध्यक्ष रजनी थापाले पुडासैनीलाई जनसम्पर्क अधिकारी मनोनित गरेकी हुन् । नेपाल जेसीजको १८४ शाखासँग जनसम्पर्क बढाउने उद्देश्यका साथ पुडासैनीलाई जिम्मेवारी दिइएको नेपाल जेसीजले जनाएको छ...
लदी (कोशी) पूजाको दिन सार्वजनिक बिदाको माग
मकवानपुर । नेपाल माझी उत्थान संघले माझीहरूको महान पर्व लदी ( कोशी ) पूजाको दिन बागमती प्रदेश भारी सार्वजनिक बिदाको माग गरेको छ । केन्द्रीय समितिले पदाधिकारी ,सदस्य र बुद्धिजीवीहरूको संयुक्त उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाउँदै सार्वजिक बिदा माग गरेको छ । अध्यक्ष माझीले...
प्रतिनिधि सभा बैठक आज पनि जारी रहने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि जारी रहनेछ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने...
गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
काठमाडौं । कैलालीको गोदावरीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ गोठानमाको एक घरमा आमा–छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अन्दाजी २४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ ७ बजेको समयमा मृत...
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीेले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवनको खैरहनी नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने...
महिला टी–२० आई शृंखलाः नेपालले आज अन्तिम खेल थाइल्याण्डसँग खेल्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखला अन्तरग नेपाली टोलीले आज आप्नो अन्तिम खेल खेल्दैछ । नेपालले आज थाइल्याण्डसँग खेल्ने भएको हो । खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने जनाइएको छ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको...










