समाचार
मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुर्नस्थापना गर्न माग
मकवानपुर । नेकपा एमालेका प्रमुख सचेतक एवम् मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् महेश बर्तौलाले गत असोजमा बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुर्नस्थापना गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा आएको बाढीबाट...
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
तनहुँ । रुखको हाँगाले लागेर तनहुमा एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१० नयाँ गाउँमा रुखको हाागाले लागेर एक जनाको मृत्यु भएको हो । मत्यु हुनेमा स्थानीय ५१ वर्षीय हिराबहादुर थापा रहेका छन् । शनिबार दिउँसो घर निजकै दाउरा काट्न जाँदा रुखको हाँगाले लागेका गम्भीर घाइते भएका...
‘संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुन्छ’
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा रहेको नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । विद्यार्थी लक्षित सम्बोधन गर्दै...
दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुरले जित्यो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले हात पारेको छ । प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले उपाधी जितेको हो । प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित...
कस्तो रहला आजको मौसम
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भएको जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले देशका विभिन्न भू–भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गयो
काठमाडौं । क्यारेबियन सागरमा शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार, भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–पश्चिममा पर्दछ । यस्तै, भूकम्पपछि त्यस आसपासका टापुहरूमा...
महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टलको समान जलेर नष्ट
सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा आयोजित महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा जलेर नष्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको उक्त महोत्सव स्थलमा आगलागी हुँदा ती स्टलको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महोत्सव स्थलमा...
चितवनमा बस दुर्घटना, २२ जना घाइते
चितवन । चितवनमा आज बिहानै बस दुर्घटना भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएका छन् । घाइतेहरुको चितवन...
आज संसद्का दुवै सदनको बैठक बस्ने
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । जसनुसार, दिउँसो १ बजे प्रतिनिधि सभा बैठक र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची...
प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित
मकवानपुर । बागमती प्रदेश सभा बैठकबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ । प्रदेश सभाको आज साँझमा बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । सो विधेयक प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए...










