समाचार

मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना

मकवानपुर । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना भएको छ । आइतबार सााझ भीमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डी मन्दिर नजिकै बुलेट गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोला बस्ने २१ वर्षीय अमन प्रजा रहेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम १ सय १० मिलिग्रामसहित पक्राउ गरिएको हो । उनलाई वडा...

‘सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्छ’

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले साना र ठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका छन् । उनले पछिल्लो समय साना–साना भ्रष्टाचारका मुद्दामा हातहालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु आइरहेको भन्दै ती आरोपलाई गलत सावित गराउन साना र...

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । धादिङमा गएराति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई धादिङको थाक्रे गाउँपालिका–७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाको भिरकोट गाउँपालिका बस्ने...

बालक अपहरण गरी बन्धक बनाउने विदेशी नागरिक पक्राउ

काठमाडौं । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने भियतनाम चाईवाङ सिटी घर भएका माई होआंग किन्ह लान रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा...

जनयुद्ध दिवसको अवसरमा दौड प्रतियोगिता हुँदै

मकवानपुर । पूर्व जनमुक्ति सेना, वाईसियल, अखिल क्रान्तिकारी र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । उक्त प्रतियोगिता आगामी फागुन १ गते हुने...

संघीय संसद्का दुबै बैठक आज पनि जारी रहने

काठमाडौं । संघीय संसद्का दुबै संसद्का बैठक आज पनि जारी रहने भएको छ । जसनुसार, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् सवा १ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक...

बागमती–८ को फेडेरेसन अध्यक्षमा पुलामी

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ को रिटनी फेडेरेसन नेपालको अध्यक्षमा तेजबहादुर पुलामी चयन भएका छन । आइतबार भएको भेलाबाट पुलामीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यस्तै, फेडेरेसनको उपाध्यक्षमा दिनेस बिक, सचिवमा नबेन्द्र बिक, उपसचिवमा सन्तबहादुर थोकर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः...

पार्टी र कार्यकर्ता विचारबाट चल्नु पर्छः सहमहामन्त्री उपाध्याय

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टी र कार्यकर्ता विचारबाट चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडा–१६ स्थित चिसापानीमा आइतबार आयोजना गरेको एक दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेसबाट मात्र समृद्धि सम्भव भएको बताइन् । उनले पार्टीलाई चलायमान र गतिशील...

हेटौंडामा ‘किसान हक, हित र सामाजिक सुरक्षा विषयक’ बहस

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘किसान हक, हित र सामाजिक सुरक्षा विषयक’ बहस कार्यक्रम सम्पन्न भएको छ । बहस कार्यक्रम आइतबार राष्ट्रिय किसान आयोगको आयोजनामा भएको हो । कृषि विकास निर्देशनालय हेटौंडाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता...