समाचार

सातौं संस्करणको बागमती गोल्डकप फागुन ३ गतेदेखि हुने

मकवानपुर । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगितामा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहने समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । उनका अनुसार,...

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–ूभागमा मौसम मुख्यतया सफा रहेको भने तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज कोशी,...

आज तीन संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत विधायन व्यवस्थापन समिति बिहान ११ बजे बस्नेछ । सो बैठकमा नेपाल कानून व्यवसायी परिषद्...

केराको थामबाट नेपाली कागज उत्पादन

मकवानपुर । पछिल्लो समयमा नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । कसै बाध्येले विदेशीने गरेका छन् त कोही रहरले । कयौं युवाहरु त आफुसँग विविध अनुभवको भण्डार भए पनि घरको आर्थिक स्थित र परिस्थितिले गर्दा विदेशीने गरेका छन् । त्यस्तै, भयो मकवानपुरका कुबेर तिमलिसनाको अनुभव । तर, सम्भावना देख्न...

थारू महिला समाजको अध्यक्षमा अनिता

काठमाडौं । थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएका छन् । समाजको छैठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चौधरी निर्वाचित भएका हुन् । यस्तै, महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी, कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् । यसैगरी, समाजको केन्द्रीय सदस्यहरूमा क्रमशः...

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० पारित भएको छ । उक्त विधेयक सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट...

संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना पक्राउ

काठमाडौं । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई बानेश्वर वृत्तमा लगेको छ ।...

आज कारोबार र बजार दुबै घट्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । आज बजार परिसूचक १० दशमलव ९८ अंकले घट्दा परिसूचक २ हजार ६७७ दशमलव ३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।...

राप्रपा नेपालका अध्यक्ष कमल थापा दिल्ली प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा दिल्ली प्रस्थान गरेका छन् । विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त थापा आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने कार्यसूची रहेको जनाइएको...

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको भाउ बढ्दै गएको छ । यससँगै सोमबार सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला एक...