समाचार
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
मकवानपुर । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री लामा युनाइटेड अरब इमिरेट्स दुबई जाने भएपछि कृषि मन्त्री श्रेष्ठलाई...
आज स्वस्थानी ब्रतकथा समापन गरिँदै
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको...
प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
धनगढी । धनगढीको ट्राफिक चौराहमा गएराति डिउटी खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो । प्रहरी स्रोतका अनुसार, डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ का २८ वर्षीय आलोक महतोको मृत्यु भएको हो । बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ५५०३ नं.को मोटरसाइकल गएराति रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
हमास र इजरायलबीच फेरी युद्ध सुरु हुने संकेत
काठमाडौं । इजरायल र हमासबीच फेरी युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने घोषणा गरेका हुन् । यसअघि हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको...
नेसपा नयाँ शक्तिको मतदान सम्पन्न
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न भएको छ । मंगलबार राति अबेर मतदान सकिएको नेसपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए । एक नेताका अनसार, आज बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी रहेको छ...
इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु
काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन्ने क्रममा पुरिएर कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका–५ का ४० वर्षीय लिडे उराँव रहेका छन् । सुमित्रा शर्मा पौडेको घरको...
देशभर १० लाखभन्दा बढीलाई लगाइयो एचपीभी खोप
काठमाडौं । देशभर १० लाखभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । सरकारले देशभर संचालन गरेको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढी किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप शाखाका अनुसार, अभियानमार्फत...
हेटौंडा–भैसे सडकखण्ड दुईतर्फी सुचारु
मकवानपुर । ग्यास बुलेट दुर्घटना हुँदा एकतर्फी मात्रै संचालनमा रहेको त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैसे सडकखण्ड दुईतर्फी सुचारु भएको छ । हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी सोमबार भीमफेदी गाउँपालिका वडा नम्वर १ त्रिखण्डी मन्दिर नजिकै दुर्घटना हुँदा बाटो एकतर्फी मात्रै...
हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरलाई बालमैत्री घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गर्न लागेको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा उपमहानगरपालिकालाई ‘‘निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त’’...








