समाचार
सेयर बजारमा सामान्य वृद्धि, पौने ९ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार बजार परिसूचक नेप्से १ दशमलव ८६ अंकले बढेर २ हजार ६८५ दशमलव ७३ विन्दुमा पुगेको हो । आज बजारमा पौने ९ अर्ब बराबरको कारोबार भएको छ । आज करिब...
जुम्लामा फेरी भूकम्प गयो
काठमाडौं । जुम्लामा बुधबार फेरी भूकम्प गएको छ । जिल्लामा आजै मात्रै दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४ दशमलव १ म्याग्निच्युड रहेको...
बालमैत्री पालिका घोषणा गर्न हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द
मकवानपुर । भोलि फागुन १ गते हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । भोलि हेटौंडा उपमहानगरपालिलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कार्यक्रम रहेकोले सबै जना सो कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले नगरका संस्थागत एवम् नीजि...
२ करोडको अफिमसहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित बोटबारी भन्ने स्थानबाट लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य २ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको अफिमसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पक्राउ पर्नेहरुमा कलैया...
हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा ५ जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा पाँच जना घाइते भएका छन् । आज (बुधबार) बिहान ११ बजेको समयमा हेटौंडा–९ स्थित रसल बोर्डिङ स्कुल नजिकै गुडिरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा चालकसहित पााच जना घाइते भएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव...
फागुन १५ सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार
काठमाडौं । संघीय संसद् सचिवालयको आगामी फागुन १५ गतेसम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार भएको छ । जसमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूची रहेको छ । जसनुसार आगामी फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर...
निर्वाचन आयोगमा ८२ दलले बुझायो दलको लेखा परीक्षण
काठमाडौं । निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आय–व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले माघभित्र आर्थिक वर्ष २०८०–०८१ को लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । पुसभित्र लेखा परीक्षण गराउनुपर्ने र लेखा परीक्षण गराएको एक महिनाभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ...
आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार राती करिब साढे ९ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा...
नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाकिसम्म २ अर्ब ६३ करोड रुपैयाँ नाफा भएको छ । टेलिकमको वित्तीय विवरण अनुसार सो अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले कम...
अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको औधोगिक क्षेत्र भ्रमण
मकवानपुर । अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पस समितिको सक्रियतामा हेटौंडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगहरुको अध्ययन अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक स्थलगत अध्धयनको लागि औद्योगिक भ्रमण तथा अबलोकन कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) हेटौंडा क्याम्पसका उपाध्यक्ष राजकुमार रसाइलीले जानकारी दिए । क्याम्पसमा अध्ययनरत करिब ४० विद्यार्थीको...










