समाचार

प्रतिनिधि सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा पेश गरेको उक्त विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १...

आज सेयर बजार बढ्यो

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार बढेको छ । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ६ दशमलव ५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको जनाएको छ ।...

जसपा नेपालले भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्नेे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । तीमध्ये भूमी सम्बन्धि अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले जनाएको छ...

अवैध लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बारा, कैलाली, कास्की, कपिलवस्तुत, मोरङ, बाँके, सिराहा, झापा, सुर्खेत र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका–७ ईटागोल बस्ने ७५ वर्षीय जितबहादुर महर्जन समेत ३ जनालाई अवैध...

१९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाए

काठमाडौं । १९ वटा वाणिज्य बैंकले साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा बोलाएका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी रहेको छ । साधारणसभा हुन बाँकी बैंकहरुमा क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक...

मंगलबार ६०० ले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । यसदिन सुन प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ७० हजार २ सय कायम भएको छ । यसअघि सोमबार तोलामा १ लाख ६९ हजार...

अंशबण्डाको विवाद हुँदा महिलामाथि खुकुरी प्रहार प्रयास

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा पारिवारिक अंशबण्डाको विषयमा एक महिलामाथि खुकुरी प्रहार प्रयास भएको छ । सोमबार स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो । तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको बुझिइएको छ । तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका–५ का...

ग्यास विस्फोटमा घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । जिल्लाको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिण्डर विस्पोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रविन राई र भीमबहादुर घले रहेको छन् । उनीहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचारका...

स्वास्थ्य बिमाका बिरामीले हेटौंडा अस्पतालमा दैनिक ओपीडी टिकट दर्ता गर्नु नपर्ने

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालमा दैनिक रुपमा ओपीडी टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटेको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका बिरामीको जनगुनासोलाई मध्यनजर गर्दै अस्पताल प्रशासनले उक्त व्यवस्था हटाएको हो । अस्पतालले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको...

साइकल यात्रीलाई हेटौंडामा स्वागत

मकवानपुर । साइकल सिटी हेटौंडाले सोमबार महाकालीदेखि मेचीसम्मको साइकल यात्रामा रहेका ४ जना साइकल यात्रीलाई स्वागत गरेको छ। महाकालीदेखि मेचीसम्म साइकल यात्राको क्रममा पाचौं दिन सोमबार हेटौंडा आइपुगेको टोलीलाई साइकल सिटी हेटौंडाले स्वागत गरेको हो । उक्त टोलीमा रहेका तरहरा साइक्लिङ्ग क्लबका रमेस भण्डारी, शन्तोष राजोपाध्यय श्रेष्ठ, बहादुर तामाङ...