कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा आज बिहान ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अन्य चार जनाको भने वार्डमा उपचाररत भइरहेको छ । अस्पतालका अनुसार, धेरै जनाको ४०÷५० प्रतिशत भाग जलेको र अवस्था जटिल छ ।
घाइतेहरूको पहिलो चरणको ड्रेसिङ भइरहेको जनाइएको छ ।