हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा
धनगढी । धनगढीको नोभा हस्पिटलको शैचालयमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
गएराति कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना मृत अवस्थामा भेटिएका हुन् ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
