गाँजासहित तीन जना पक्राउ

बारा । प्रहरीले बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्रामसहित तीन जनालाई बुधबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका रम्भा देवीको साथबाट ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्रको साथबाट २ किलो ६ सय ४३ ग्राम र ममता देवीको साथबाट ३ किलो ४ सय ५७ ग्राम गाँजा बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।