आइतबार उच्च अंकले बढ्यो सेयर बजार

तु खबर संवाददाता
२०८१ माघ २०,आईतवार १६:२०
file-photo

काठमाडौं । आज साता कारोबार पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार ६९ दशमलव ८० अंक (२ दशमलव ६२ प्रतिशत) बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको जनाइएको छ । साथै आज कारोबार रकम पनि उच्च देखिएको छ ।

गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको कारोबार भएको छ ।

आज २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रहेको छ ।