एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यही माघ ३० गते बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको महासचिव घनश्याम भूसालले जानकारी दिए ।
महासचिव भूसालका अनुसार, उक्त बैठक आगामी फागुन ८ गते बस्ने तय गरिएको छ ।
यस्तै, एकीकृत समाजावदीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक पनि सरेको छ । नयाँ सूचना अनुसार आगामी फागुन ६ गते स्थायी कमिटी र फागुन ९ मा पोलिटब्यूरो बैठक बस्ने तय भएको छ ।