बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आज बिहान ११ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रदेश सरकारद्वारा विभिन्न समयमा ल्याएको चार वटा संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोही बैठक सूचारु गर्न भनि प्रदेश सभाका सभामुख पाठकको आह्वानमा हिजो मंगलबार अपराह्न सर्वदलीय बैठक बसेको थियो ।
सर्वदलीय बैठकले आजैबाट सुरु हुने प्रदेश सभाको बैठकमा प्रतिपक्ष दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने र कार्यसूची अनुसारको बैठक संचालन गर्ने भन्ने सहमति भएको सभामुख पाठकले बताए ।
प्रदेश सभाको बैठक आजबाट केही दिनसम्म सुचारु हुने उनको भनाई छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन बैठक माघ १८ गतेबाट सुरु भएको थियो । बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विभिन्न विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।