सीआईबीको फेक इमेल बनाएर ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका वडा नम्वर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।