समाचार
मालपोत कार्यालय हेटौंडाद्वारा ९० करोड बढी राजश्व संकलन
मकवानपुर । मालपोत कार्यालय हेटौंडाले गत आर्थिक बर्ष २०७७/०७८ मा ९० करोड भन्दाबढी राजश्व संकलन गरेको छ । गत आर्थिक बर्षमा रजिष्ट्रेशन र सेवादस्तुर वापत ९० करोड १६ लाख ३६ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरेको मालपोत कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयले रजिष्ट्रेशनबापत ५४ करोड १३ लाख...
कोरोना संक्रमणबाट भीमफेदीकी एक महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर १ की ४५ वर्षीया महिला रहेकी छन् । उनको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । उनका अनुसार ती...
नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज विहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको हो यसअघि बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ । वरिष्ठ...
मकवानपुरमा सम्बन्धविच्छेद गर्ने पुरुष बढे
मकवानपुर । पछिल्लो ३ वर्षदेखि श्रीमतीसँग अलग बस्दै आएका मकवानपुर भीमफेदी–४ का सुमन मोक्तान सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गराइपाऊँ भनी मकवानपुर जिल्ला अदालतमा गत भदौमा उजुरी दिएका थिए । हेटौंडा–१९ का २९ वर्षीय श्याम खत्रीले पनि गत माघ ११ मा सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् । २०७५...
बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४०९८ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण ४ हजार ९८ जनाको मृत्यु भएको छ । प्रदेशमा बिहिबार एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या मृतकको संख्या ४ हजार ९८ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बिहिबार प्रदेशको ८ जिल्लामा गरी १३...
नेकपा एमाले ‘एकता’ कि ‘ए कता’ ?
काठमाडौं । एमाले एकताको विषय टुंगो लगाउन बरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि विहान ११ बजे बस्ने भएको हो । बैठकमा एमाले एकताको विषयमा माधव पक्षको रणनीतिलगायतका विषय केन्द्रीय हुने बुझिएको छ ।...
सामलिङ पावरको आईपिओ निष्काशन स्थगित
काठमाडौं । सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेको छ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आजदेखि सामलिङ पावरले आईपिओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, उक्त आईपिओ अर्को सूचना नआएसम्मको लागि स्थगन...
आजको मौसम : भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुन वायुको प्रभाव रहेको जनाएको छ । मनसुन वायुको प्रभावका कारण देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ । महाशाखाले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज प्रदेश नं १, कर्णाली प्रदेश र...
टिपरको ठक्करबाट बलको मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्लटिङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ५ ख १८६० नम्बरको टिप्परको ठक्करबाट सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । प्रहरीले टिपरका सह–चालक लक्ष्मण तामाङलाई...
मकवानपुरका निर्माण व्यवसायी र कामदारले लगाए कोरोनाविरुद्धको खोप
मकवानपुर । मकवानपुरका निर्माण व्यवसायी र निर्माणमा खटिने कामदार र कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् । संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित सचिवालय भवनमा दुई दिनमा निर्माण व्यवसायी र निर्माण सम्बद्ध कर्मचारी गरी ८ सय जनालाई कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइएको हो । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर...









