समाचार
कोभिसिल्डको पहिलो डोज लगाउनेलाई साउन २५ गतेबाट एस्ट्राजेनका लगाईने
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाउने नागरिकलाई आगामी साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खाप लगाउने भएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका १३ लाख जेष्ठ नागरिकलाई साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खोप लगाउने भएको हो । सरकारले जापान र...
मकवानपुरमा कोरोना संक्रमणबाट १४७ को मृत्यु, सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ । वितेको २४ घण्टामा मात्रै थप एक जनाको संक्रमणकै कारण मृत्यु भएको र ७० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर–१ की ४५ बर्षीया महिला रहेकी छिन्...
सानिमा लाइफको आइपीओमा १९ लाख बढिको आवेदन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा १९ लाख भन्दा बढीको आवेदक परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै १९ लाख १८ हजार भन्दाबढीको आवेदक परेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार, आज तेस्रो दिनमै ५.५५ गुणा बढिले ओभर...
नेपाल बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सूचारु गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचना मार्फत जानकारी दिएको...
मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज शुक्रबार ७० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २०१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज १३६ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र ६५ जनाको एन्टीजेन परीक्षण...
माधव पक्षको स्थायी समिति बैठक सकियो
काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । उक्त बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल...
भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीविरुद्ध शुक्रबार अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न...
बालिका अपहरण गरेको अभियोगमा हेटौंडाकी लामा पक्राउ
बारा । १० वर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रहरीले हेटौंडाकी निर्मला लामालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जीतपुर सिमरा वडा नम्बर २२ बाट हराएकी सुनिता सुनारलाई अपहरण गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने १७ वर्षीया लामालाई पक्राउ गरेको हो । लामालाई इलाका प्रहरी कार्यालय भण्डाराको...
किवानिज क्लव अफ हेटौंडा नेपालको पदस्थापना कार्यक्रम
मकवानपुर । किवानिज क्लव अफ सुनकोसी नेपालको आयोजनामा मकवानपुरमा किवानिज क्लव अफ हेटौंडा नेपालको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । किवानिज क्लव अफ सुनकोसीका अध्यक्ष छेदुङ्ग लामाको सभाध्यक्षता एवम् किवानिज इन्टरनेशनल नेपालका डिस्ट्रिक्ट गभर्नर मोहन लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रमले मकवानपुरका ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा...
नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा सदस्यहरुले बोल्ने क्रम सकियो
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा ५५ जना केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको हो । जसमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना बोलेका हुन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि...









