किवानिज क्लव अफ हेटौंडा नेपालको पदस्थापना कार्यक्रम

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १४:५०

मकवानपुर । किवानिज क्लव अफ सुनकोसी नेपालको आयोजनामा मकवानपुरमा किवानिज क्लव अफ हेटौंडा नेपालको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

किवानिज क्लव अफ सुनकोसीका अध्यक्ष छेदुङ्ग लामाको सभाध्यक्षता एवम् किवानिज इन्टरनेशनल नेपालका डिस्ट्रिक्ट गभर्नर मोहन लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रमले मकवानपुरका ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा २१ सदस्यीय किवानिज क्लब अफ हेटौंडा नेपालको सपथ ग्रहण तथा पदस्थापनासमेत गरिएको छ ।

कार्यक्रममा किवानिज क्लबका डिस्ट्रिक्ट मास्टर ट्रेनर सन्जिब कुमार पाण्डेले किवानिज क्लवको बिषयमा अभिमुखीकरण गरेका थिए भने डिस्ट्रिक्ट गभर्नर मोहन लम्सालले सम्पूर्ण नयाँ कमिटीलाई सपथ ग्रहण एवम् पदस्थापना गराएका थिए ।

क्लवले बालबालिका र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।