समाचार

मकवानपुरमा लम्बियो निषेधाज्ञा, जोर विजोर प्रणाली लागू, पसल खोल्ने निश्चित अवधि तोकियो

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । कोरोना संक्रमणको जोखिम र संक्रमितको संख्यासमेत दिनप्रतिदिन बढीरहेको भन्दै प्रशासनले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो । भोलिबाट अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको छ भने पसल खोल्ने समेय घटाइएको...

जागरण अभियानको आग्रह –जनतालाई खोपको व्यवस्था गरौँ, बजार पुरा समय खोलौँ

मकवानपुर । मकवानपुर जागरण अभियानले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने नाममा प्रशासनबाट बिना परामर्श अव्यवहारिक कदम चालिन नहुने भन्दै ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष कृष्णराज कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुर प्रशासनले हचुवाको भरमा एकतर्फी रुपमा व्यापार व्यवसाय बन्द गराउने र खुलाउने जस्तो अव्यवहारिक कदम चालिरहेको भन्दै...

जापान सरकारले दिएको कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको उक्त खोपको पहिलो खेप नेपाल आइपुगेको जनाइएको छ । शनिबार ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपुगेको बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज...

खसीको भन्दै बाख्रीको मासु बिक्रि गर्ने ४ जना पक्राउ

मकवानपुर । खसीको मासु भनी झुक्याएर बाख्रीको मासु बिक्रि गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालीमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान कलंकी खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही...

मकवानपुरबाट २० दिनमा २१ लागूऔषध कारोबारी पक्राउ

मकवानपुर । चालु आर्थिक २०७८/०७९ को साउनयताका २० दिनमा मकवानपुरबाट २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका छन् । मकवानपुर प्रहरीका अनुसार साउन १–२० गतेसम्म २ सय ८३ केजी गाँजा, ५ केजी चरेस, ६ ग्राम खैरोहिरोइनसहित २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका हुन् । गत बुधबार मात्रै...

बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी

काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । आगो नियन्त्रणका लागी...

देशभर १४३३ खोप केन्द्र थप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको जानकारी दिए । उनका अनुसार, देशभरी नै पहिलेको भन्दा एक हजार ४ सय ३३ खोप केन्द्र थप गरिएको हो ।...

पिकअप भ्यान दुर्घटना हुँदा दाहालको मृत्यु, २५ भन्दा बढी घाइते

मलङ्गवा । सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७...

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा...

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जसले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको...