खसीको भन्दै बाख्रीको मासु बिक्रि गर्ने ४ जना पक्राउ
मकवानपुर । खसीको मासु भनी झुक्याएर बाख्रीको मासु बिक्रि गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कालीमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान कलंकी खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।
उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।
