जापान सरकारले दिएको कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काठमाडौं । जापान सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।
जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको उक्त खोपको पहिलो खेप नेपाल आइपुगेको जनाइएको छ ।
शनिबार ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपुगेको बताइएको छ ।
जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । जसमध्ये ३ लाख डोज आइपुगेको हो ।
भोलिसम्ममा ८ लाख डोज नेपाल भित्रिने बताइएको छ ।
