बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागी
काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ ।
राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागी ९ ओटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको वृत्तले जनाएको छ ।
यसैबीच नेपाली सेनाको हेलिकप्टरबाट पनि आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगो के कति कारणले लागेको हो भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
