बालिका अपहरण गरेको अभियोगमा हेटौंडाकी लामा पक्राउ
बारा । १० वर्षीया बालिका अपहरण गरेको अभियोगमा प्रहरीले हेटौंडाकी निर्मला लामालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको जीतपुर सिमरा वडा नम्बर २२ बाट हराएकी सुनिता सुनारलाई अपहरण गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने १७ वर्षीया लामालाई पक्राउ गरेको हो ।
लामालाई इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सुनारलाई ललाई फकाई लैजाने लामालाई चितवनको राप्ती नगरपालिका –५ स्थित पुर्व–पश्चिम राजमार्गमा टिपरबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी लामासहित ती बालिकालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र उनलाई बारा प्रहरीलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
