आजको मौसम : भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार ०८:५०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुन वायुको प्रभाव रहेको जनाएको छ । मनसुन वायुको प्रभावका कारण देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ ।

महाशाखाले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।