नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज विहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको हो
यसअघि बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।
वरिष्ठ नेता माधव नेपालको सम्बोधन र विघटित कार्यदलका संयोजक भीम रावलको ब्रिफिङपछि केन्द्रीय सदस्यले धारण राख्ने क्रम सुरु भएको थियो ।
आफ्नो धारणा राख्न एक जना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बिहीबारको बैठक ७० जना भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति थियो ।
