कोरोना संक्रमणबाट भीमफेदीकी एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १४:२६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर १ की ४५ वर्षीया महिला रहेकी छन् ।

उनको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।

उनका अनुसार ती महिलालाई गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारको लागि साउन १९ गते हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् ।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ४७ पुगेको छ ।