मकवानपुरका निर्माण व्यवसायी र कामदारले लगाए कोरोनाविरुद्धको खोप

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार ०८:२९
file-photo

मकवानपुर । मकवानपुरका निर्माण व्यवसायी र निर्माणमा खटिने कामदार र कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित सचिवालय भवनमा दुई दिनमा निर्माण व्यवसायी र निर्माण सम्बद्ध कर्मचारी गरी ८ सय जनालाई कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइएको हो ।

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले संघले पछिलो पटक कोरोनाविरुद्धको खोप लगाउँदा कार्यालयमा नै अनलाइन फर्म भरेकालाई मात्र खोप लगाइएको जानकारी दिँदै १८ वर्षभन्दा माथि उमेरका ७० वर्षसम्मकाले खोप सुविधा प्राप्त गरेको जानकारी दिएका छन् ।

उनले कोरोनाविरुद्धको खोप लगाउनेका लागि अनलाइन फर्म भर्न कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको भन्दै खोप लगाउन बाँकी रहेका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदारहरुलाई अनलाइन फर्म भरेर खोप सुविधा लिन आग्रह गरे ।