बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४०९८ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण ४ हजार ९८ जनाको मृत्यु भएको छ ।
प्रदेशमा बिहिबार एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या मृतकको संख्या ४ हजार ९८ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, बिहिबार प्रदेशको ८ जिल्लामा गरी १३ जनाको मृत्यु भएको हो । संक्रमणबाट काठमाडौं र धादिङका ३/३ जना, चितवनका २ जना, भक्तपुर, काभ्रेपलान्चोक, नुवाकोट, मकवानपुर र रामेछापका १/१ जनाको मृत्यु भएको हो ।
प्रदेशमा हालसम्म ३ लाख ८३ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ३ लाख ६५ हजार ८ सय २४ जना अर्थात ९५ दशमलव ३८ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा बिहिबार मात्रै १ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
