समाचार
अब हेटौंडा सामुदायिक आँखा अस्पतालमा दिउँसो पनि सेवा प्रवाह हुने
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले सेवा समय विस्तार गरेको छ । बिहान मात्र आँखा जाँच हुने अस्पतालमा अब दिउँसो पनि सेवा प्रवाह हुने भएको हो । आज (बुधबार) बाट अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म थप सेवा विस्तार गरिएको अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए । बिहान...
अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसद्वारा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । अखिल क्रान्तिकारी मकवानपुर क्याम्पस इकाई कमिटीले मंगलबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसबाट २०७७ सालमा नेपाल प्रथम तथा विभिन्न संकायबाट उच्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई...
संकटमा अष्टलक्ष्मी शाक्य : एकीकृत समाजवादी रोज्ने कि मुख्यमन्त्री गुमाउने ?
मकवानपुर । नेकपा एमालेका १२ जना सांसदले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । मंगलवार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगी १२ जना एमालेका सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो । बागमती प्रदेशमा...
‘बागमती सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादी हुन्छ, मुख्यमन्त्री म बन्छु’
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले दावी प्रस्तुत गर्ने भएका छन् । उनले नेकपा एकिकृत समाजवादीको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन हुने बताए । आफुलाई पार्टीले अघि सारेको भन्दै आफु सबैको सहमतिमा मुख्यमन्त्री बन्ने उनको भनाई छ । नेकपा...
हेटौंडाका तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागऔषध खैरोहेरोइन २५० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–५ बस्ने ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ बस्ने ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ बस्ने ३४ वर्षीय सुशिल...
सुदूरपश्चिम प्रदेश : एमालेका १० सांसद एकीकृत समाजवादीमा
धनगढी । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले मंगलबार प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन जनाइएको छ । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर...
१२२२२ को नमुना परीक्षण गर्दा १६६४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको पीसीआर परीक्षण...
बागमती प्रदेशमा लाइसेन्सको परीक्षा भदौ २० गतेबाट हुने
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बागमती प्रदेशले आगामी भदौ २० गतेबाट परीक्षा संचालन गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट स्थगित परीक्षा संचालन गर्ने भएको यातायात व्यवस्था कार्यालय बागमती प्रदेशले जनाएको छ । कार्यालय गत भदौ १३ गते सूचना...
मकवानपुरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १३२ जनाको कोरोना पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ७६ जनाको पीसीआर परीक्षण...
बागमती प्रदेश अपडेट– मुख्यमन्त्री शाक्य अल्पमतमा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । एमालेका १२ जना सांसदले मंगलवार नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । कूल १०९ जना सांसद रहेको बागमती प्रदेशमा नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । जसमध्ये १२ जनाले एमाले विभाजनपछि बनेको नेकपा...










