सुदूरपश्चिम प्रदेश : एमालेका १० सांसद एकीकृत समाजवादीमा

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १८:११
file-photo

धनगढी । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरुले मंगलबार प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् ।

तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन जनाइएको छ ।

एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।