समाचार

आज पनि केही स्थानमा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाइएको छ । देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै...

मकवानपुरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन हुँदै

मकवानपुर । मकवानपुरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन हुँदैछ । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा जिल्लाको विभिन्न स्थानमा ५ वटा पुस्तकालय उद्घाटन गर्ने भएको हो । अभियान समूहले १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज एकैदिन ५ वटा पुस्तकालय उद्घाटन गरिने भएको हो । अभियान समूहले जिल्लाको मकवानपुरको...

मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर

मकवानपुर । माउन्टेन हार्ट नेपाल र हेटौंडा–६ नम्वर वडा कार्यालयको संयुक्त आयोजनामा मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सोमबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको अध्यक्षतामा अक्सिजन कन्सर्नट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको...

बुबा-आमाको स्मृतिमा मन्दिरलाई कुर्सी सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने शान्ति कुमारी कुँवर थापाले आफनो बुबा-आमाको स्मृतिमा एक मन्दिरलाई कुर्सी सहयोग गरेकी छन् । थापाले स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको स्मृतिमा हेटौंडा–६ चौघडास्थित रक्षादेवी मन्दिरलाई २ थान सिमेन्टको कुर्सी सहयोग गरेकी हुन् । थापाले सोमबार कार्यक्रमबीच मन्दिरलाई...

दुर्घटनामा घाइते हेटौंडाका लामाको मृत्यु

मकवानपुर । सवारी दुर्घटना परी गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने मौसम लामाको उपचारको क्रममा मृत्यु भएको छ । गत शनिबार हेटौंडा–भैसे सडकखण्डमा स्कुटर र सुमो ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका १७ वर्षीय लामाको सोमबार मृत्यु भएको हो । लामाको चितवन मेडिकल कलेजमा उपचारको...

जिल्ला प्रशासन कार्यालयले आजबाट नियमित सेवा प्रवाह गर्ने

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज (मंगलबार) बाट नियमित सेवा प्रवाह गर्ने भएको छ । प्रशासनले कोरोना संक्रमणको जोखिमका कारण धेरै भीडभाड नहोस् भन्ने उद्देश्यले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नागरिकता र राहदानी...

वाईसीएलको अध्यक्ष छान्ने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले उक्त जिम्मेवारी प्रचण्डलाई दिएको एक स्थायी समिति सदस्यले जनाएको छ । गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको...

१ नम्वर प्रदेश र बागमतीमा गठबन्धनको सरकार बन्छ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्वर १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताए । संसदमा केपी ओलीलाई...

‘एमालेको अध्यक्षमा दाबी गर्न योग्य छु’

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षमा दाबी गर्न आफू योग्य रहेको बताएका हुन् । पोखरेलले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार...

एकिकृत शक्ति नेपाल पार्टी गठन

काठमाडौं । पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ । नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद...