बुबा-आमाको स्मृतिमा मन्दिरलाई कुर्सी सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने शान्ति कुमारी कुँवर थापाले आफनो बुबा-आमाको स्मृतिमा एक मन्दिरलाई कुर्सी सहयोग गरेकी छन् ।
थापाले स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको स्मृतिमा हेटौंडा–६ चौघडास्थित रक्षादेवी मन्दिरलाई २ थान सिमेन्टको कुर्सी सहयोग गरेकी हुन् ।
थापाले सोमबार कार्यक्रमबीच मन्दिरलाई कुर्सी हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भुबहादुर रिमालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उपेन्द्र थापा, सचिव राजकुमार फुँयाल, सहसचिव विजय कुमार हुमागाई, सञ्चारकर्मी भीमसेन पौडेल, समितिका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।
